• विक्रम र ज्योतिको उठ माया जुरुक्कै नाच फुरुक्कै (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ श्रावण २०७५, शनिबार

    ६ साउन, काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ सार्वजनिक भएको छ ।

    करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचर्यको एरेन्जर रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।


    आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो । ‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छु’, विक्रमले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु