कस्तो होला ज्योति प्रकाशको ‘निष्ठुरी’ ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७६, बिहीबार

काठमाडौं । संगीतकार ज्योतिप्रकाशको आफ्नै स्वरमा रेकर्ड भएको गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ । पछिल्लो समयका गीतसंगीतहरु कमसल खालका बन्दै गइरहेको, स्टेज केन्द्रित वा सामाजिक सञ्जालमा चर्चा बटुल्न मात्रका लागि रेकर्ड गरिएका हुन्छन् । आवरणमा मात्र गीतसंगीतको हो–हल्ला हुने गरेको हुन्छ तर गुणात्मकतालाई ध्यान दिएर रेकर्ड गरिएका गीतसंगीत भने पछिल्लो समय अभाव हुँदै गइरहेको महसुस भएको बेला संगीतकार एवं गायक ज्योति प्रकाशले ‘निष्ठुरी’ गीतबाट पूरा गर्न खोजिएको आभास भएको छ ।

ज्योति प्रकाश आफैंमा राम्रा गायक हुन् । उनी त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत हुन् । २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शो मार्फत आफूलाई गायनमा उतारेका थिए ।

स्रोताहरुको रोजाइ फरक हुन सक्छ, फरक फरक फ्लेबरका गीतसंगीत सुन्ने स्रोताहरु हुन सक्छन् । तर यो निष्ठुरी गीतले भने सबैको मन जित्न सक्ने बनेको संगीतकर्मीहरुको भनाइ छ । चन्द्र भट्टचनको शब्दमा ज्योति प्रकाशको संगीत तथा स्वर रहेको छ भने सुदिप सागरको संगीत संयोजन रहेको छ । गीतको भिडियो ‘निष्ठुरी’ को भिडियो ओएसआर डिजिटलले नेपालको यूट्यूबबाट सार्वजनिक गरेको हो ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर कला स्टुडियोमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । भिडियोमा रहेका वाद्यवादक नै वास्तविक गीतमा बजा भर्ने वाद्यवादकलाई नै प्रत्यक्ष रुपमा भिडियोमा उतारिएको छ । भिडियोलाई नवीनबाबु गुरुङले छायाँकन गरेका छन् भने गरव योञ्जनको सम्पादन रहेको छ । सुमन पण्डितको निर्देशन रहेको म्यूजिक भिडियोलाई विजय महर्जनको कला स्टुडियोमा छायाँकन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु