• ज्योतिप्रकाशको राष्ट्रियता सम्बन्धी गीत ‘जंगे पिल्लर’

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

    काठमाडौं । गायक, संगीतकार एवं कलाकार ज्योतिप्रकाशले नयाँ गीत लिएर आएका छन् ‘जंगे पिल्लर’ । दुस्मनले हाम्रो सीमा अतिक्रमण गरेको विषयलाई लिएर गायक ज्योतिप्रकाशले आफ्नै शब्द संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन् । गायक ज्योतिप्रकाशलाई गायनमा गायिका जीना रसाइली, गायक सरोज कोइराला, गायिका मीना एनपीको स्वर रहेको छ । ज्योतिप्रकाश स्वयम्को संगीत एवं राजु कार्कीको संगीत संयोजन रहेको यो गीतलाई सन्तोष पौडेलले रेकर्डिङ एवं मिक्सिङ गरेका छन् ।
    यस गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । भिडियोलाई दिलिप तामाङ ‘गरब’को सम्पादन रहेको छ । भिडियोको गीतले सीमा मिच्नेलाई सबक सिकाएर छाड्नुपर्ने र गोर्खालीको खुकरीको इतिहास देखाउनु पर्ने कुरालाई प्रष्ट पारिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु