‘तिम्रो याद’मा मैले कोठामा बसेर पिएँ भन्दै ज्योतिप्रकाश

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार
Jyoti Prakash Bk

काठमाडौं । गायक तथा संगीतकार ज्योतिप्रकाशले आजबाट सार्वजनिक गरेको गीत हो ‘तिम्रो याद’ । सोही गीतमा ‘मैले कोठामा बसेर पिएँ। तिम्रो याद आउने हरेक ठाउँमा बसेर पिएँ…’ जस्ता शब्दहरु चयन गरेका छन् । जुन शब्दले कसैको यादमा नशा पिउनेहरुको कथालाई उल्लेख गरेका छन् । नशा पिउँदै रेष्टुरेन्ट, होटल लगायन विभिन्न ठाउँमा जानेहरुका लागि उनले कसैको यादमा कोठामा नै बसेर पिएको बताएका छन् । आफ्नी मायाको याद आउन र मुटु छिया छिया बनाउनेहरुको कथा गीतमा समेटिएको छ ।


तिम्रो यादमा गायक ज्योतिप्रकाशको स्वर र संगीत रहेको छ । राजेन्द्रझत्त जोशीको शब्दमा विष्णु अधिकारीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायक ज्योतिप्रकाश आफैं देखिएका छन् । भिडियोलाई गरब योञ्जनले छायाँकन तथा सम्पादन गरेका छन् । सोही गीतलाई आफ्नै यूट्यूब च्यानल ‘आर्टिष्ट ज्योतिप्रकाश’बाट सार्वजनिक गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु