हिमाल घले र समीक्षाको स्वरमा ‘कदमैको छायाँ’

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार
Kadamaiko Chhaya कदमैको छायाँ by Himal Ghale & Samikshya Adhikari

काठमाडौं । संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने गायक हुन हिमाल घले । उनको कर्णप्रिय स्वरमा मौलिकता झल्काउने गीतहरु बजारमा धेरै छन् । पछिल्लो समय उनकै संगीत सिर्जनामा तयार भएको गीत ‘कदमैको छायाँ’ बजारमा आएको छ ।

लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत कदमैको छायाँसँगै बजारमा उनी देखा परेकी छन् । समीक्षा र हिमाल घलेको आवाजमा बजारमा आएको गीत कदमैको छायाँ धादिङ गोरखातिरको मौलिक लोकशैलीलाई समेटर तयार गरिएको छ । आफ्नै गाउँको सेरोफेरो, ग्रामीण परिवेशसँगै जोडिएको मायाप्रेमपूर्ण गीतलाई लोकप्रिय सर्जक रमेश बिजीले शब्द सिर्जना गरेका हुन् । तक्दिरमा नभए पनि दिल बसेको कुरालाई गीतमा समावेश गरिएको छ । गीतको संगीत संयोजन भने सागर विरहीले गरेका छन् । गीतको सहगायनमा भिमु गुरुङ, सागर विरही, विन्दा परियारले साथ दिएका छन् ।

सार्वजनिक भएको गीत हो ‘कदमैको छायाँ’को म्यूजिक भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको सम्पादन विष्णु शर्माले गरेका छन् भने छायाँकन नवराज उप्रेतीको रहेको छ । साइभिजनको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा सुधिर श्रेष्ठ र आश्विनी शाहीले फिचरिङ गरेका छन् । भिडियोलाई हिमाल घलेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु