काजिश र पुजनको बवाल डान्समा “हाँसेर बोलिदेउ “ हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७५, सोमबार

बविना बस्नेत , काठमान्डौँ, माघ २१
पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा बजारमा डान्सिङ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा लोकेन्द्र शाही र सरिता जिसीको आवाजमा रहेको गीत “हाँसेर बोलिदेउ “गीतको भिडियो बजारमा आएको हो । युवा युवती विचको प्रेमको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको छ । आफनी मायालुलाई जिवन भर हाँसेर बोल्न गायक लोकेन्द्रले आग्रह गरेका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा भिडियोमा रहेको छ ।

“हाँसेर बोलिदेउ “
गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु