कलाको ‘पातली’ मा टिकटक प्रतियोगिता हुने, उत्कृष्ट ३ लाई यस्तो पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७६, मंगलवार

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा गायिका कला लम्सालले ‘पातली’ बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् ।  गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । आफ्नै युट्युव च्यानलबाट प्रसारण गरिएको यस गीतलाई दर्शक श्रोताले निकै रुचाइदिएका छन् ।
गीत टिकटकमा पनि निकै रुचाइएको छ । टिकटकप्रतिको क्रेज देखेर फ्यान फलोअर्सका लागि उनले यस गीत ‘पातली’ लाई टिकटकमा प्रतियोगिताकै घोषणा गरेकी छिन् । प्रतियोगिताका उत्कृष्ट तीनलाई पुरस्कार समेत राखिएको छ । प्रथम हुनेलाई २५ हजार बराबरको सारी, द्वितीयलाई १५ हजार बराबरको लेहेंगा र तृतिय हुनेका लागि ५ हजारको बराबरको कुर्ता सुरुवाल दिइनेछ । गीतका ४ टुक्का मध्ये जुनसुकै भागमा टिकटक बनाउन सकिनेछ । त्यसका लागि कलाको अफिसियल टिकटक आईडि @kalalamsal31 लाई फलो गरेर टिकटक रोज्न सकिनेछ । सारी लगाएको भिडियोलाई उनले प्राथमिकतामा राखेकी छिन् । तीज महिलाको चाड भएको हुनाले भिडियो महिलाले बनाएको भिडियो मात्र प्रतियोगितामा समावेश हुनेछन् । यस प्रतियोगिताको निर्णायकमा यसै गीतका टिम रहने जानकारी गायिका कलाले जानकारी दिईन।

यस गितमा शिव हमालको लय तथा शब्द रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन ।

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा करिश्मा ढकाल र कला लम्सालको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई राजेश घिमिरेले छायांकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु