लिपुलेक फिर्ता ल्याउने अभियानमा विश्वास नेपालको ‘कालापानी’

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक विश्वास नेपाल अघि बढेका छन् । उनले ‘कालापानी’ नामक गीत यूट्यूबबाट सार्वजनिक गर्दै भारतीयले हस्तक्षेप गरेका भूमिहरु नेपालले फिर्ता ल्याउन सबै नेपाली एकजुट हुन आव्हान गरेका छन् ।
उठ मेची महाकाली जुट बनी एक
फिर्ता गर्न कालापानी सुस्ता लिपुलेक
जुटौं जिल्ला जिल्ला
जाउँ अब सिमानामा भाला तरबार बोकी
जुटेर भत्काउन विस्तारवादको किल्ला

उक्त गीतले सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो सीमा जोगाउन अघि बढौं भन्ने भावना बोकेको छ । विश्वमा कोरोना भाइरसले त्रसित बनाइरहेको बेला भारतले भने सीमानामा सडक निर्माण गरेको छ । नेपालको भूमिमा निर्माण गरेको सडकको विषयमा यतिखेर सरकारी तबरबाट पनि नक्सा सार्वजनिक गरिसकेको छ भने भूमि फिर्ता गर्ने अभियानमा सबै एकजुट आव्हान गरिएको छ ।

गायक विश्वास नेपालीको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक नेपालीले स्वर दिएका छन् । गीतलाई राजेश नेपाल ‘बबिन’ले लेखेका हुन् । यस गीतको म्यूजिक भिडियोलाई पनि बबिनले नै सम्पादन गरेका छन् । भिडियोमा श्रीजन कुमार भट्टराई, विश्वास नेपाल, कृष पण्डित, मंगल बि.क., शंकर जोशी, दिलिप थापा लगायतले अभिनय गरेका छन् । भिडियोलाई कृष पण्डितले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु