• मौसम र जुनाको वियोगान्त प्रेम कथा यसरी लेखे चन्द्रले / हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार

    काठमाडौ । नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्ष हरु देखि नै सक्रियता का साथ लागेका लोकप्रिय गायक हुन मौसम गुरुङ । गुरुङ ले आवाज भरेका प्राय गीतहरूले नेपालि सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल हुनेगर्दछ्न । क्वान्टिटी भन्दा क्वालिटी लाई महत्त्व दिने गायक गुरुङले आफ्नो होस या अरुको हरेक गीतमा उत्तिकै मेहनत गर्दछन् । विशेष त सेन्टिमेन्टल गीत मा बढी जमेका र धेरै दर्शक श्रोता को मन जितेका गुरुङले गायन को अलावा केही गीतहरू मा आफ्नो सिर्जना र अभिनय को फरक स्वाद समेत बेलाबेलामा दर्शक श्रोता लाई दिइरहन्छन् ।

    भर्खरै मात्र उनै गायक मौसम गुरुङ र जुना गुरुङले ले अभिनय गरेको सुन कथा नामक एक गीत सार्बजनिक भएको छ ।इस्वर सिंह र कालिका रोका को स्वर रहेको गीतको लय / शब्द सिर्जना  चन्द्र खत्री ले गरेका हुन । प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिस्णु शर्मा को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो आज मात्रै सितल सिजन डिजिटल को युटुब च्यानल बाट सार्बजनिक गरियको हो ।

    हेर्नुहोस् पूरा भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु