गायिका कल्पना कुसुम जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित, जितिन् उत्कृष्ट शाखा अध्यक्षको अवार्ड

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७७, आईतवार

रुपन्देही । गायिका कल्पना कुसुम नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा विजयी भएकी छिन् । रुपन्देहीको भलवारी जेसीजको आतिथ्यतामा सम्पन्न नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट बुटवल जेसीजकी कुसुम आगामी एक वर्षे कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

संघर्षशील र मिलनसार स्वभावकी कुसुमले उत्कृष्ट शाखा अध्यक्षको अवार्ड समेत हात पार्न सफल भएकी छन् ।

गायिका कुसुम प्राध्यापक हुन् । साथै उनी समाजसेवामा समेत सक्रिय छिन् । कुसुमले हामीसँग कुरा गर्दै भनिन् ‘मलाई विश्वास गरेर मत दिने सबैलाई धन्यवाद दिन चाहन्छु र विजयी भइसकेपछि बधाई दिनुहुने सबैप्रति पनि उतिकै आभारी छु ।’ कुसुमले अगाडि भनिन् ‘आगामी दिनमा जेसिजको हितका लागि म सक्दो प्रयास गर्नेछु ।’

नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतअन्तर सहित अरुणेश्वर खनाल निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु