• ‘मयालाई’ सम्झिँदै कल्पना सुनुवार र भोजराज विक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०७६, सोमबार

    काठमाडौं । गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विक यतिबेला ‘मयालाई’ सम्झिएर बसेका छन् । आफ्नो मायाको सम्झनामा उनीहरु एकआपसमा पीडा पोख्दैछन् ।
    गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक मायालाई’ बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ भने कृष्ण विक भान्जाको संगीत संयोजन रहेको छ ।

    सार्वजनिक गीतको भिडियोमा समिर थोकर, इन्‍द्र श्रेष्ठ, आयुष्मा कार्की,पुजन घिमिरे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन पनि समिर थोकरले नै गरेका हुन् ।

    एड्भेन्चर इन्टरटेन्टमेन्टले निर्माण गरेको यस भिडियोलाई विपिन क्षेत्रीले खिचेका हुन् । भिडियो सम्पादनको काम नविन घर्ती मगरले गरेका छन् ।

    त्यसो त गायिका कल्पना सुनुवारको योभन्दा पहिलाका गीतहरु पनि लोकप्रिय बनेका छन् । डाँडैमा विजुली आयो गीतबाट गायनमा प्रवेश गरेकी कल्पनाले सोही गीतबाट नै चर्चा बटुल्न सफल भएकी थइन् भने अवार्डहरु पनि चुम्न सफल भएकी थिइन् । त्यसपछि उनले बजारमा ल्याएको लाहुरे बाको छोरीले, पिरतीको डोरी लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु