जनजाति महासंघको सचिवमा ढाका उद्यमी कल्पना लिम्बू चयन

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७७, बिहीबार

काठमाडौं । आदिवासी जनजाती महासंघ नेपालको सचिवमा पदमा ढाका उद्यमी कल्पना योङहाङ लिम्बू चयन गरिएकी छन् । हालैमात्र नेकपा ओली पक्षको केन्द्रीय सदस्य चयन भएकी समाजसेवीसमेत रहेकी योङहाङ महासंघको सचिव पदमा चयन भएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट महासंघले केन्द्रीय तथा सचिवालय सदस्य विस्तार गरेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा बुधबार काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले गोकुलप्रसाद घर्तीमगरको अध्यक्षतामा ३३३ केन्द्रीय, १११ सचिबालय सदस्य तथा ३३ सदस्यीय पदाधिकारी विस्तार गरेको छ । जसमा सफल महिला उद्यमीका रुपमा चिनिएकी योङहाङलाई सचिवमा प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव राष्ट्रिय भेलाले तत्काल पारित गरेको हो ।

लामो समयदेखि नेपाली ढाका कपडा तथा पहिरनको प्रवद्र्धन गर्दै आएकी योङहाङ राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन् । कम्युनिष्ट राजनीतिमा सक्रिय योङहाङले नेपाली ढाका विशेषगरी पूर्वेली हातेतानबाट बुनेको ढाकालाई विश्वस्तरका प्रवद्र्धन गरेर नेपाली उत्पादनलाई चिनाउने काम गरेकी छन् । उनले द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिक सञ्चालन गर्दै आएकी छन् ।
पदाधिकारी नामावली
इन्चार्ज तथा अध्यक्षः गोकुल प्रसाद घर्तीमगर
उपाध्यक्षः कृपाशुर शेर्पा
उपाध्यक्षः दावा तामाङ
उपाध्यक्षः झकबहादुर थापा मगर
उपाध्यक्षः मिनाकुमारी गुरुङ
उपाध्यक्षः योगेन्द्र घिसिङ
उपाध्यक्षः विजय लोप्चन
उपाध्यक्षः पाचकर्ण राई
उपाध्यक्षः देवनारायण चौधरी
उपाध्यक्षः शान्ता चौधरी
उपाध्यक्षः रेशम रानामगर
उपाध्यक्षः नारदमुनी रानाथारु
उपाध्यक्षः राजेन्द्र श्रेष्ठ
उपाध्यक्षः निरु दर्लामीमगर
उपाध्यक्षः कृष्ण भुजेल
उपाध्यक्षः बालसिं काउछा
उपाध्यक्षः राजकुमार श्रेष्ठ
उपाध्यक्षः कुमार थापा
उपाध्यक्षः टसी स्याहाङ्मो गुरुङसेनी
महासचिवः पेम्बा भोटे
उपमहासचिवः देवराज राई
सचिवः ज्ञानेन्द्र पुन
सचिव प्रकाश राई
सचिव कल्पना योङहाङ
सचिवः युवराज जिरेल
सचिवः टिकारा चेम्जोङ
सचिवः सूर्य भुजेल
सचिवः गणेश थकाली
सचिवः कुद्ध घर्ती भुजेल
सचिवः जयप्रकाश बुढा
सचिवः किरण थापा
कोषाध्यक्षः प्रेम कुमार श्रेष्ठ
सहकोषाध्यक्षः सिन्धुजलेशा बुढाथोकी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु