कमला घिमिरे र राजु परियारको दोहोरीमा टक्कर ‘मासको मस्यौरी’

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७७, मंगलवार

काठमाडौं । लोकदोहोरी गायनमा सबैभन्दा धेरै गीतमा स्वर दिएका गायक राजु परियारलाई पछिल्लो समय भाइरल भएकी गायिका कमला घिमिरेले दोहोरीमा टक्कर दिएकी छन् । ‘मासको मस्यौरी’ गीत मार्फत् उनीहरुको दोहोरीको रौनक हेर्न कला क्षेत्रका चर्चित कलाकारको जम्बो टोली नै उपस्थित भएको छ । मोडलहरु विमल अधिकारी, विकास फेरोज, हेरुका लामा, रमेश थापा, नीर आले, सुमन परियार, जुना सुन्दास, लक्ष्मी तिमल्सिना, मनिषा परी, रविना भण्डारी, आकांक्षा तामाङ, पूजा सिलवाल, नवराज रिजाल, मेनुका परियार लगायतको जम्बो टोली नै मासको मस्यौरीमा नाच्न आइपुगेका छन् ।

राजु परियार र कमला घिमिरेलाई स्वरमा साथ दिन सुदिप कार्की, कौशल विश्वकर्मा, आयुष परियार, सुमन परियार, प्रेम राना, रुपि सिंजाली मगर, नन्दनी क्षेत्री आएका रहेका छन् । रमेश बिजीको शब्द र प्रदीप अधिकारीको लय रहेको दोहोरी गीत यतिबेला चर्चाको शिखरमा पुगेको छ ।

गाउँको कथावस्तुलाई गीतको शब्द र भिडियो मार्फत जस्ताको तस्तै देखाउन खोजिएकाले पनि गीतलाई सबैले रुचाउने विश्वास निर्माता प्रदीप अधिकारीले लिएका छन् । म्युजिक भिडियो निर्देशन भने दिपेन्द्र तिमल्सिनाले गरेका छन् । गीतलाई प्रदिप अधिकारीको युटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु