गायिका कमला गैरेको “सुन्तला”बोलको गीत सार्बजनिक // भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७६, शनिबार

दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ ।

पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीतले सांगीतिक बजारलाई तताएको परिवेशमा कस्तो प्रस्तुति दिएर आफुलाई स्थापित गर्ने वा आफ्नो स्थान यथावत राख्ने भनेर सर्जकहरुलाई थप चुनौती थपिदैँ गएको देखिन्छ ।

यस्तै प्रतिस्पर्धाको धार झै गीत संगीत बजारमा आउने भागदौड चलिरहँदा चर्चीत लोक दोहोरी गायिका कमला गैरेको “सुन्तला”बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पछिल्लो समयका चर्चित गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शब्दमा सृजना गरिएको उक्त गीतमा कमला गैरे र तेजश रेग्मीको सुमधुर स्वर रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज साथै एच.बि.एन.किस्मतले मिक्सिङ्ग गरेका छन ।

निर्देशक मौसम हिमालीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाँड , रबिना मिजार र बिन्दु सुन्धौलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई करन चैसीरले छायांकन साथै प्रबिन भट्टले सम्पादन गरेका छन ।

कमला गैरेको प्रस्तुतिमा कामना डिजिटल बाट बजारमा आएको उक्त गीतको दृष्य निर्माण बि.पी. फिल्मस नेपालले गरेको छ भने गीतलाई कामना डिजिटलले नै बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/MJbgU9JXjS

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु