• गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ, अस्पतालमा अपराधीको जस्तो व्यवहार भयो

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७६, बुधबार
    Singer Kanika Kapoor

    काठमाडौं । नोवल कोराना (कोभिड १९) भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ देखिएको छ ।
    कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो ।

    कनिकाको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले कनिकाले अस्पतालमा अनेक सुविधा खोजेको आरोप लगाउँदै आएका छन् । कनिकाले चाहिँ अस्पतालमा आफूलाई अपराधीको जस्तो व्यवहार भएको गुनासो गरेकी छन् ।

    लण्डनबाट फर्किएको केही दिनपछि उनमा कोरोना संक्रमण देखिएको थियो । यो बीचमा विभिन्न पार्टीमा सहभागी भएपछि उनको आलोचना भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु