बन्ने भयो कपिल शर्माको बायोपिक, कृष्णा अभिषेक कपिल बन्दै !

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

मुम्बई । बलिउडमा विभिन्न विवादित सेलिब्रिटीहरुको बायोपिक बन्ने क्रम तीव्र भएको छ । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’पछि सन्नी लियोनीको बायोपिक ‘करणजित कौर’ प्रदर्शनको क्रममा छ ।

अब अर्का विवादित सेलिब्रिटीको बायोपिक बनाउने तयारी एक निर्माताले गरेका छन् । यी सेलिब्रटी हुन् कमेडीयन कपिल शर्मा । कपिलको जीवनमा आधारित रहेर चलचित्र बनाउे निर्देशक विनाद तिवारीले एक अन्तरवार्तामा बताए ।
फिल्म ‘तेरी भाभी है पगले’ बाट निर्देशकका रुपमा डेब्यू गरिरहेका तिवारीले यो फिल्म प्रदर्शनपछि कपिलको बायोपिक सुरु गर्नेछन् । बायोपिकमा प्रमुख भूमिकाका लागि उनले अर्का कमडियन कृष्णा अभिषेकलाई अफर गरेका छन् । तर, कृष्णले सहमति दिन बाँकी छ । यसै फिल्मबाट अभिनेता सञ्जय दत्तकी भतिजी नाजिया हुसैन पनि बलिउडमा डेब्यू गर्दैछिन् ।

तिवारी अन्तरवार्तामा भने, ‘म २०१० देखि नै कपिल शर्माको बारेमा फिल्म बनाउन चाहन्थेँ । तर, त्यतिबेला प्रोड्यूसर सुरेन्द्र पुरी यो फिल्मका लागि तयार थिएनन् । तर, अहिले उनी पनि सहमत भएका छन् कि कपिलको जीवन कथा एउटा बायोपिकका लागि प्रफेक्ट छ ।’

फिल्मले कपिल शर्माको संघर्षका दिनहरुलाई बढि फोकस गर्ने तिवारीको भनाई छ ।

कपिलको जीवन निकै उतारचढावयुक्त छ । उनले सहकर्मी सुनील ग्रोवरलाई उडिरहेको जहाजभित्रै दुव्र्यबहार गरेका थिए । साथै एक न्यूज वेबसाइटका पत्रकारलाई फोन गरेर गाली दिएका थिए । अहिले उनी डिप्रेसनबाट पिडित भएर गुमनाम अवस्थामा छन् । एकताका निकै लोकप्रिय रहेको।कपिलको टेलिभिजन शो अहिले बन्द छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु