• ‘भ्वाइस अफ नेपाल–४’ विजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७९, सोमबार

    काठमाडौं । ‘भ्वाइस अफ नेपाल सिजन ४’को बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् ।

    ‘चङ्गा’ करण भ्वाइस अफ नेपालमा जानु अगावै सार्वजनिक गरिएको एल्बम ‘द काईट्स’ मा समावेश गरिएको एक गीत हो। गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

    सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । अनिल सुब्बाले निर्देशन गरेको भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसँग करणपनि देखिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु