• करिष्मा र काजिसको “बाँस नुगेर” (भिडियोसहित)

    म्यूजिक खवर
    प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

    काठमाडो । सन्तोष गिरी र पुर्णिमा लामाको स्वरमा “बाँस नुगेर” बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । मायालुको बयान गरिएको उक्त गीतमा महेश नेपालको शब्द रहेको सोही गीतमा किरण गौतमको संगीत रहेको छ भने बिष्णु तामाङको एरेंज रहेको छ । “बाँस नुगेर” बोलको गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफीगरेका छन् भने सोही गीतको भिडियोमा धेरै गीतको भिडियोमा अभिनय गरिसकेकी र रुचाइएकी मोडल करिष्मा ढकाल र निर्देशक काजिस श्रेष्ठकै अभिनय रहेको छ ।

    उक्त गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् । भने सोही गीतको भिडियोलाई दिपक बिष्टले संपादन गरेका हुन् । “बाँस नुगेर” बोलको गीतलाई हाइलाइट्स नेपालको युट्युबच्यानलबाट सार्वजनिक गरीएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु