• बाजा बजाउने तयारीमा मोडल करिष्मा ढकाल

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०८०, आईतवार

    काठमाडौं । नेपाली कलाकारिता क्षेत्रकी एक लोकप्रिय मोडल हुन् मोडल हुन् करिष्मा ढकाल । लोकप्रिय मात्रै होइन उनी व्यस्त पनि उतिकै छिन् । सुन्दर रुपसँगै भिडियोमा देखिने उनको चन्चले स्वभाव, हाउभाउ र नृत्यका कारण पनि उनले थुप्रै फ्यान फलोअर्स कमाउन सफल भएकी छिन् । यतिबेला उनका फ्यान फलोअर्सले खुसीको खबर सुन्न पाउने भएका छन् । घरमा अभिभावकले उमेर पुगेको भन्दै विवाहका लागि दबाब दिइरहँदा मंसीरमा विवाह गर्ने सोच उनीमा पलाएको छ । सुन्दर रुपकी धनि करिष्मा वास्तविक जीवनमा भने कहिले बाजा बजाउँछिन् त्यो त थाहा भएन । यो प्रसंग पनि म्यूजिक भिडियोकै हो । ‘बजाउँ कि बाजा’ बोलको गीतमा उनले बाजा बजाउने योजनामा आफूलाई प्रस्तुत गरेकी हुन् ।

    करिष्माको नृत्य तथा अभिनय रहेको गीतको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने नितिन वाइवा तामाङले कोरियोग्राफी गरेका हुन् । राम केसीले खिचेको भिडियोमा करिष्मासँगै नबिन न्यौपाने, पार्वती खतिवडा बानियाँ, अनमेश गुरुङ, नितिन वाइबा तामाङ र देश राई लगायतलाई देख्न सकिन्छ । भिडियोमा देखाइएको कथाको परिकल्पना चिरन्जीवी भण्डारीले गरेका हुन् । विष्णु खड्काले सम्पादन गरेर तयार भएको भिडियोलाई चिरन्जीवी भण्डारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    सरिता थापाको स्वर रहेको उक्त गीतमा बिकास चौधरीले सङ्गीत भरेका हुन् । प्रमोद ढुङ्गानाले शब्द रचना गरेको गीतको एरेन्ज भने बिनोदकुमार भुजेलले गरेका हुन् । त्यस्तै मिक्सिङ तथा मास्टरिङ भने कृष्ण कुमार महर्जनले गरेका हुन् । गीतका रेकर्डिष्ट शुशिल बिक्रम शाह हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु