• शिव हमालको “सिम सिमे पानी” (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७६, मंगलवार

    काठमाडौं । चेतना थापाको “सिम सिमे पानी” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा शिव हमालको शब्द तथा संगीत रहेको उक्त गीतमा बिश्वास नेपालको एरेंज रहेको छ । परदेशमा पति भएको कुरा गरिएको उक्त गीतमा माईतीको माया मार्न नसक्ने कुरा गरिएको छ ।

    उक्त गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन तथा कोरियोग्राफीमा गरेका हुन । भिडियोमा करिष्मा ढकालको अभिनय रहेको छ । उक्त गीतको भिडियो बिष्णु भट्टराईले छायाँकन गरेका हुन् भने भिडियोलाई बिष्णु भट्टराईले नै सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई शिव हमालको युटयुबबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु