करिष्मासँग सम्झना, क्षितीजा र तेञ्जुको छमछमी

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
karishma-manandhar दाबहार नायिका करिष्मा मानन्धर

काठमाडौं । तीज नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा पनि यतिबेला तीज गीतका नैे बर्चश्व रहेको छ । यस्तैमा सदाबहार नायिका करिष्मा मानन्धरको तीज गीत आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ सार्वजनिक भएको छ । नेपाली फिल्म क्षेत्रमा लामो अनुभव संग्गालेकी करिष्माको यो गीतमा पनि फिल्मी शैलीको झल्को पाइन्छ ।

तीजको मौलिकता बोकेको गीतको म्यूजिक भिडियोमामा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।

गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ। के.बि फिलम्स्को प्रस्तुतिमा बनेको गीतको भिडियोलाई गोविन्द राईले निर्देशन गरेका हुन् । भिडियो अभिनेत्री मानन्धरले आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक युट्युबमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु