राजुको निर्देशनमा सोनाल र कस्मताको ‘माया बस्छ कि के हो’

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

काठमाडौ । निर्देशक राजु अधिकारीको निर्देशनमा ‘माया बस्छ कि के हो’ नामक फिल्म निर्माण हुने भएको छ । जनपुकार मिडिया हाउसको ब्यानरमा शरद अधिकारी प्रस्तुकर्ता रहेको फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरि घोषणा गरियो ।

प्रेमकथानक फिल्मबाट सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दैछन् । फिल्ममा सोनाल र कस्मताका साथमा बेलायत निवास ध्रुव दत्त र बेल्जियमका बेनी ढुंगाना प्रमुख भूमिकामा रहने छन् भने केही कलाकारको छनौट कार्य बाँकी छ ।

बेलायत, स्कटल्यान्डलगायतका युरोपका बिभिन्न देशमा खिचिने फिल्मको कार्यकारी निर्मातामा बहादुरसिंह तामाङ (लामा) र कृष्ण गिरी छन् । रबिन्द्र बरालले खिच्ने फिल्मको सुटिङ असार दोश्रो सातादेखि सुटिङ थालीने निर्देशक अधिकारीले जानकारी दिए ।

अर्जुन पोखरेलको संगीत, आरती अधिकारीको कथा, अनि मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको फिल्मको मुख्य सहायक निर्देशकमा दीपक अधिकारी छन् ।
आफूहरु उच्चकोटीको फिल्म बनाउने प्रयासमा रहेको प्रस्तुतकर्ता शरद अधिकारीले बताए । उनले कथाको मागअनुसार नै बिदेशमा सुटिङ राखिएको दावी गरे । डेब्यु हिरो सोनाल र डेब्यु हिरोइन कस्मताले पहिलो फिल्मबाटै दर्शकले आफूहरुलाई मन पराउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता सुन्दर श्रेष्ठलगायतले फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

चलचित्र ‘बीर विक्रम २’ को प्रिमियर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु