• नवराज घोरासैनी र अन्शु मगरको ‘झम्के साँझैमा’

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

    काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी र आँसु मगरको स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ ।

    डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

    कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् ।

    क्यामेरा अजय रेग्मीले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु