राष्ट्रिय काठे लोकदोहोरी महोत्सव हुने

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७६, सोमबार १०:२०
Kathe Songs

काठमाडौं । काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ हुने भएको छ । डिएआर मुभिजको आयोजनामा आगामी फागुन १६ देखि २० सम्म काठमाडौंको टुडिखेलमा काठे लोकदोहोरी महोत्सव आयोजना हुने भएको हो।

काँठ क्षेत्रको कला र संस्कृति र संस्कृतिको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा काठमाडौं वरपरका ११ जिल्लाका काँठे लोक गीत, संगीत, घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका भाका समेटिने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा काँठे लोक दोहोरी प्रतियोगीता समेत आयोजना हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुर्याएका श्रष्टा कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तिर्थ कुमार थापा, मिरा थापा, मिरा राणा, धुव्रराज खड्का, र शिवनारायण जोशिलाई सम्मान गरिने तयारी समेत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु