शुक्र र दुर्गाको ‘बासना चल्यो मगमग’

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

काठमाडौं । नेपाली मौलिक कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न कलाकारहरु आ–आफ्नो मौलिक कला संस्कृतिका साथ सांगीतिक क्षेत्रमा उपस्थिति हुने गरेका छन् । त्यसैक्रममा गायक शुक्र तामाङ र गायिका दुर्गा मगरको स्वरमा रहेको मौलिक चुड्का गीत बासना चल्यो मगमग बजारमा सार्वजनिक भएको छ । टेकबहादुर गुरुङको शब्द संगीतमा रहेको यस गीतको संगीत संयोजन भने दुर्गा गुरुङको रहेको छ । लेकाली रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ मान बहादुर बरालले गरेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा पश्चिमाञ्चल सांस्कृतिक केन्द्र कलाकारहरुले अभिनय तथा नृत्य गरेका छन् । दिप गुरुङको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यस गीतको भिडियोलाई मधुर बस्नेतले छायाँकन गरेका छन् । अनु गुरुङको श्रृङ्गार कला रहेको यस भिडियोको सम्पादन भने मेकबहादुर थापाले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु