मौलिक कौरा गीत ‘ढकमक्क फूललाई देख्दा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०८१, सोमबार

काठमाडौं । गायिका हरिमाया गुरुङ मौलिक गीतहरु निकाल्नेमा अग्र पक्तिंमा पर्छिन् । यतिबेला पनि उनी मौलिक कौरा गीत लिएर आएकी छिन् । ‘ढकमक्क फूललाई देख्दा’ बोलको गीतमा हरिमायासँगै शितल गुरुङको स्वर रहेको छ । गाीतको शब्द हरिमाया स्वयं र सिताराम परियारले मिलेर लेखेका हुन् । जुजु गुरुङले संगीत संयोजन गरेको गीतमा तीलकुमारी गुरुङ र हरिमायाको नै संगीत संकलन रहेको छ । मालाश्री स्टुडियोमा रेकर्ड भएको गीतलाई खडक् बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनय तथा नृत्य रहेको छ । त्यस्तै दिप गुरुङ फिल्मस् प्रोडक्सनका कलाकारले ग्रुप डान्स गरेका छन् । दिप गुरुङले निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोका परिकल्पनाकार जनक गुरुङ हु्न् । त्यस्तै बिजय लामाले छायांकन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका हुन् । भिडियो गायिका हरिमाया गुरुङको युट्युब च्यान मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु