खगेन्द्र याक्सोको ‘जाउँ डाँडै काटेर’

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

काठमाडौं । नेपालको पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् । मौलिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा ‘जाउँ डाँडै काटेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

कसैसँग माया प्रेम बसेपछि उमेर हेरिदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ । खगेन्द्र यक्सो लिम्बु र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् ।

मौलिक यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन् । पूर्वको रमण्ीय र चर्चित पर्यटकिय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन यस गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु