खेम गुरुङको अन्तिम गीत ‘कोशीको तिरमा माझीदाई’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । अमर स्रष्टा खेम गुरुङको अन्तिम सिर्जना ‘कोशीको तिरमा माझीदाई’ सार्वजनिक भएको छ । गायक गुरुङद्वारा संगीतबद्ध एवं तुलसी बस्नेतद्वारा रचित गीत ‘कोशीको तिरमा माझीदाई’ गायक गुरुङको नाममा स्थापित ‘खेमराज गुरुङ स्मृति ट्रष्ट’ले आयोजना गरेको तेस्रो स्मृति दिवसको अवसर पारेर ‘कोशीको तिरमा माझीदाई’ सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक सुमित खड्का र गायिका अन्जु गौतमले स्वर दिएका छन् ।

सोही कार्यक्रममा जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । लोकप्रिय गायक खेमराज गुरुङको नाममा स्थापना गरिएको खेमराज गुरुङ ट्रस्टले स्व गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा पारेर जनगायक रामेसलाई वरिष्ठ नगद ५० हजार रुपैयाँसहित स्रष्टा सम्मान प्रदान गरिएको हो । त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ गायक खेम गुरुङका छोरा शुभम गुरुङले ‘वारी जमुना पारी जमुना’ गीत गाएर बाबुको स्मरण गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङलगायत कार्यक्रममा सहभागी जनाएका थिए । कार्यक्रम ट्रस्टका संरक्षक एवं स्व गुरुङका आमा तुलसीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु