• गायत्रीको निर्देशनमा दशै गीत ‘मर्ने बाच्नेको’

    म्यूजिक खबर
    प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

    काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।

    शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।

    बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
    बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु