खुमन र स्मृति तिमिल्सिनाको तिज कोसेली गीत टुहुरी भान्जी // भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

किस्ना आचार्य रोशनी
साउन १८
हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सांगीतिक बजार तिज गीत मय बनेको छ । नेपाली सांगीतिक क्षेत्रमा बिगत लामो समयदेखि म्युजिक भिडियो निर्देशक तथा मोडल को परिचय ले चिनिदै आएकी किरियोग्राफर तथा निर्देशक स्मृति तिमिल्सिना गुरुआमा को बिगत ३ बर्ष देखि भने गायिका को समेत पहिचान जोडिएको छ । दिदी भाइ नामक तिजगीत मा गायक तथा सर्जक खुमन अधिकारी संग आफ्नो स्वर रेकर्ड गराएकी स्मृति ले अहिले पनि दिदी भाइ भाग ३ टुहुरी भान्जी भर्खरै मात्र गुरुआमा फिल्मस युटुब च्यानल बाट सार्बजनिक गरेकी छिन् ।
खुमन अधिकारी र स्मृति तिमिल्सिना को आवाज रहेको यश गीतमा खुमन अधिकारीको लय र बिष्णु न्यौपाने को शब्द रचना रहेको छ भने गीतको म्युजिक भिडियो स्मृति स्वंयले गरेकी छिन । सुरेस श्रेष्ठ को छायांकन र प्रकाश धमलाको सम्पादन मा तयार भएको यश म्युजिक भिडियो मा दिदी भाइ र माइती को कथा रहेको छ भने सुस्मिता सापकोटा ,महेन्द्र गौतम रमा थपलिया लगायतका कलाकार को उत्कृष्ट अभिनय देख्न पाइन्छ ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु