• फेसबुकमा जथाभावी लेख्दा प्रहरी फन्दामा, माफी मागे निर्देशक थापाले

    म्यूजिक खबर
    प्रकाशित: १६ श्रावण २०७५, बुधबार

    १७ साउन, काठमाडौं । नायिका खुश्बु खड्कालाई सामाजिक सञ्जाल फेसबुकमार्फत् तनाव दिने काम गरिरहेको आफूलाई निर्देशक बताउने दिपेश थापा मगरले अन्ततः खुश्बु समक्ष माफी मागेका छन् । सामाजिक सञ्जालमा नायिका खुश्बुको चरित्र हत्या गर्ने हिसाबले निर्देशक थापाले पटक पटक नकारात्मक तरिकाले लेख्दै आएपछि नायिका खड्का महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेर साइक्राइबमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि बोलाएपछि नायिका खड्कासमक्ष आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् । थापाले आफूले गल्ती गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै प्रहरीसमक्ष माफी माग्दै मैले लेखेको कुराले परिवारको मानमर्यादा माथि आँच आउने भएको भन्दै निर्देशक थापाले गल्ती स्वीकार गरेका थिए ।

    उनीहरुबीच एउटा  म्युजिक भिडियोमा सहकार्य गर्ने सहमती भएपनि यी दुईको बिचमा पैसाको कुरा मिलेको थिएन। त्यसपछि विवाद सिर्जना भएको हो।

    ‘अहिले उहाँले माफी मागी सक्नु भयो। अब सायद कसैलको पनि चरित्र हत्या गर्ने ध्ययको काम/ कुरा नगर्नु होला’, खुश्बुले भनिन्- दिपेशले तिम्रो रेट फलानोकोभन्दा महङ्गो रहेछ, तिम्रो बा आमा के गर्छन् थाहा छ आदि मेसेज लेख्ने, ‘सुपरस्टार’ भन्दै खिस्याउने गरेको खुश्बुको आरोप छ ।’

    यस विषयमा दिपेश भन्छन्,’हो उहाँले म विरुद्ध उजुरी गराएकी थिइन्। तर अब हामीबीच मिलापत्र भइसक्यो।’ उनले यस विषयमा थप बोल्न चाहेनन्।

    महानगरिय अपराध अनुसन्धान महाशाखाका साइबर पिल्लर हेर्ने प्रहरी निरिक्षक लिलाराज डाँगीका अनुसार उनीहरुबीच भएको कुराकानी साइबर क्राइम अन्तर्गत परेन। त्यसैले दुईबीच मौखिक सहमती भयो।

    के के लेखेका थिए त खुश्बुलाई निर्देशक थापाले हेर्नुस्ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु