• एडभेन्चर स्टार एवं मोडल गौतम खातीलाई पितृशोक

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०८०, सोमबार

    काठमाडौं । एडभेन्चर स्टार एवं मोडल गौतम खातीलाई पितृशोक परेको छ । मोडल खातीका पिता खुशीलाल खातीको ७८ वर्षको उमेरमा आइतबार राती १२ बजेर १५ मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ पनि ललितकलाको सक्रिय कलाकार हुनुहुन्थ्यो ।
    उहाँको दुई छोरा, एक छोरी र श्रीमती यतिखेर मनोहरा डाँछिस्थित आफ्नै निवासमा पूण्य तिथिको कर्ममा रहनुभएको छ ।

    म्यूजिक खबर परिवार यस दुःखद् घडीमा स्वर्गीय खुशीलाल खतीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गर्न चाहान्छौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु