• अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ मङ्सिर २३ देखि, २८ देशका ६० बढी फिल्म देखाइने

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

    काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ को १९ औं संस्करण मङ्सिर २३ गतेदेखि २७ गतेसम्म आयोजना हुने भएको छ।

    चलचित्र विकास बोर्डको सभाकक्षमा उद्घाटन हुने महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म देखाइने जानकारी गराइएको छ।

    आइतबार नेपाल पर्यटनको सभा कक्षमा किम्फद्वारा गरिएको प्रेस भेलामा महोत्सव दर्शकहरूको प्रत्यक्ष उपस्थिति र अनलाइनमा गरी मिश्रित रूपमा प्रस्तुत हुने जानकारी गराइयो।

    किम्फ २०२१ मा स्थानीय र विश्वव्यापी रूपमा अनुभव भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्न उत्प्रेरित गर्ने खालका फिल्महरु ‘जलवायु कर्म’ थिममा प्रदर्शन हुने छन्।

    किम्फका अध्यक्ष बसन्त थापाले भने, -‘यो महोत्सवमा प्रस्तुत हुने फिल्म र अन्य गतिविधिले दर्शकलाई मनोरञ्जनसँगै वातावरण र जलवायु परिवर्तनबारे विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाहरूबारे संवादमा संलग्न गराउने छ।’

    किम्फको उद्‍घाटन समारोहमा लद्दाखका पर्यावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण रहने छ। साथै, अमेरिकी फिल्ममेकर काइल रुडिकद्वारा निर्देशित फिल्म ुड्रिम माउन्टेनु को प्रदर्शन गरिने छ।

    यस वर्ष किम्फ र युरोपेली संघ संघद्वारा नेपाली फिल्म निर्माताका लागि ‘ग्रीन ग्रोथ स् ग्रीन रिकभरी’ शीर्षकका छोटा फिल्महरूको प्रतियोगिता प्रस्तुत गरिने छ। किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि ‘कल टु एक्सन’ मा टिकटक च्यालेन्ज प्रस्तुत गर्ने छन् भने यस पटक पनि किम्फको नेपाल पानोरमामा स्थानीय प्रतिभाहरूका रोमाञ्चक फिल्महरु रहेको जानकारी दिइयो।

    किम्फ २०२१ को निर्णायक मण्डलमा स्विट्जरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्विट्जरल्याण्डकी पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिंक र नेपाली थिएटर कलाकार तथा निर्देशक अनुप बराल रहेका छन्।

    निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट तीन वटा फिल्म ९छानिएका ४० वटा मध्येबाट० र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म ९छानिएका १३ वटा चलचित्र मध्येबाट० को निर्णय गर्नेछ।

    अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँका तीनवटा शीर्ष पुरस्कार क्रमशः नेपाल पर्वतारोहण संघ, हिमालय इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना र फ्रेडी ९उर्सुला वोहल्वेन्ड० ले प्रायोजन गरेका छन्।

    नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजारको पुरस्कार नेपाल चलचित्र विकास बोर्डले र उत्कृष्ट आख्यानात्मक फिल्मका लागि १ लाखको पुरस्कार मिला प्रोडक्सनले प्रायोजन गरेका छन्। किम्फमा १ हजार अमेरिकी डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड इसिमोडद्वारा प्रायोजित छ।

    किम्फमा फिल्म निर्माता, सिनेमा प्रेमी, समीक्षक, विद्वान, पत्रकार, कलाकार र पर्वतारोहीहरूको उपस्थितिमा छलफल, व्याख्यान, तस्बिरहरूको प्रदर्शनी र कला परियोजनाहरू पनि हुनेछन्।

    यस वर्षको महोत्सवका विशेष आकर्षणहरूमा अमेरिकास्थित फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास, नेपालमा मेरो खोज यात्रा ९स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड० को नेपाली अनुवाद तथा ुसस्टेनेबल समिट्स ९क्लाइमेट सोलुसन्स फ्रम द टप अफ द वल्र्ड० बाट तथा ९एभरेस्ट – बाइ दोज हु वेर देयर, १९२१, १९२२, १९२४० को विशेष प्रदर्शनीहरु समावेश छन्।

    किम्फमा ‘ब्रेकिङ कोड रेड – डिग्निटी विथ डेन्जर’ शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र ‘कोपिङ विथ क्लाइमेट कर्म’ शीर्षक वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत गरिने छ।

    महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा डब्लुडब्लुएफ – नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरू प्रस्तुत गर्ने छ। ‘क्लाइमेट कर्म’ विषयक पोस्टर प्रदर्शनी पनि त्यहीँ हुने छ।

    हिमाल एसोसिएसनद्वारा आयोजित किम्फ २०२१ महोत्सवको सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ र यसको प्रवर्धन नेपाल पर्यटन बोर्डद्वारा गरिएको छ।

    महोत्सवको प्रायोजन नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल र स्वीस दूतावासले गरेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु