• ‘सांईली’ लिएर आए किरण गौतम भिडियो हेर्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: १४ भाद्र २०७७, आईतवार

    काठमाडौं । गायक किरण गौतम यतिखेर भने ‘साइली’ लिएर आएका छन् । किरणले नयाँ लोक दोहोरी गीत ‘साईंली’ लिएर आएका हुन् ।
    डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत किरण गौतमको रहेको छ भने किरण गौतम र स्मृति गौतमको स्वर रहेको छ । गीतको कोरस गायनमा भने कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरीले साथ दिएका छन् ।

    शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ÷मास्टरिङ कुमार सानू पुनको रहेको छ । गीतको भिडियोमा सरोज दाहाल, आयुष्मा कार्की, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासको अभिनय रहेको छ ।

    भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाई, सम्पादन–कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु