कीर्तिपुर महोत्सव राधिका, कर्णराज र रमेशको प्रस्तुतिमा झुमे दर्शक

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७६, आईतवार

काडमाडौं । ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ मा लोकप्रिय गायिका राधिका हमाल, गायक कर्णराज गिरि र गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । महोत्सवमा हमाल, गिरी, श्रेष्ठका साथमा तेजस्बी कलाकेन्द्रको प्रस्तुति तथा खुल्ला नृत्य प्रतियोगिता प्रस्तुति रहको थियो । भाद्र २७ गतेदेखि शुरु भएको पाँचौं कीर्तिपुर महोत्सव पर्यटकिय नगरी किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा भइरहेको छ ।
सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनकोसँगको संयुक्त आयोजनामा भएको हो । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने बताइएको छ ।

यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेको छ ।
मेलामा एक सय पचास भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसैगरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु राखिएको छ । मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसतसम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ ।

पाँचौ किर्तिपुर महोत्सव २०७६ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको आयोजकले जानकारी दिएको छ ।

औधोगिक शान्ति नेपाल संस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, कलाकार संयोजक सुर्य चन्द, कार्यालय प्रमुख बिनोद जैसवाल रहेका छन । साथै कलाकार तथा स्टेज ब्यबस्थापन राकेश महर्जनको रहने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु