• किशन रेग्मी र रेश्मा केसीलाई ‘कुम जोडी नाचौं लाग्यो’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २० माघ २०७५, आईतवार

    काठमाडौँ । संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको आवाजमा नयाँ गीत ‘कुम जोडी नाचौं लाग्यो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए ।

    उनको पछिल्लो गीत ‘कुम जोडी नाचौ लाग्यो’ डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

    कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा बनेको गीतको म्यूजिक भिडियोमा कमल राइको कोरियोग्राफी रहेको छ । शिब ढकालले छायांकन गरेको भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो ।
    भिडियो हेर्नुहोस्

    यो पनि पढ्नुस्

    वरिष्ठ गायिका ज्ञानु राणालाई चाँदनी स्रष्टा सम्मान

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु