कोपिला गौतमको ‘मेरै घरमा बसेर दर खाउँला’

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७७, बुधबार

कठमाडौं । नेपाली हिन्दु महिलाहरुको चाड तीज पर्वलाई लक्षित गरी गायिका कोपिला गौतमले ‘मेरै घरमा बसेर दर खाउँला’ बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छन् ।

गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत रहेको छ । उक्त गीतमा गायिका कोपिला गौतमको स्वर रहेको छ । गीतलाई गायिका गौतमले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

‘दर खाउँला’ गीतको भिडियोतर्फ चर्चित मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

गीतको भिडियोमा पछिल्लो समय निकै चर्चा कमाउन सफल मोडेल करिष्मा ढकालले अभिनय तथा नृत्य गरेकी छन् । भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु