कोेपिला र चन्द्रको तीज गीत चौतारी ताकेर

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

११ साउन, काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीज पर्वको अवसरलाई लक्षित गरि गायिका कोपिला गौतम तथा गायक चन्द्र शर्माले तीज गीत एल्बम बजारमा ल्याएका छन् ।


‘चौतारी ताकेर’ नामक गीती एल्बममा गायिका कोपिला गौतम र चन्द्र शर्मालाई प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन् भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी फिल्म प्रालिले उक्त गितको बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियोमा मोडेल रमेश थापा तथा रुविना अधिकारीले नृत्य प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु