कोशी नेशनल म्यूजिक अवार्ड कार्तिक २९ मा हुने

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय गीत संगीत क्षेत्रमा अवार्डको शृङ्खला बढ्दै जाँदा अर्को एउटा अवार्ड पनि थपिएको छ । म्यूजिक अवार्डहरुको पछिल्लो समय बाढी नै आइरहेको बेला फरक तरिकाले प्रस्तुत हुने बताउँदै मोफसलबाट राष्ट्रियस्तरको अवार्डको घोषणा गरिएको छ । मुलुकभरिका गीतसंगीतलाई समावेश गराउँदै कोशी सञ्चार माध्यम र वीर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टको आयोजनामा कोशी नेशनल म्यूजिक अवार्ड हुन गइरहेको हो । आगामी कार्तिक २९ गते एक नम्बर प्रदेशको राजधानी विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम, स्थानीयका जातजातिका झाँकीसहित अवार्ड सम्पन्न गर्न लागेको आयोजक पक्षले जानकारी दिएको छ ।

कोशी नेशनल म्यूजिक अवार्डमा सहभागी हुनेहरुका लागि आवेदन खुला गर्दै आयोजक संस्थाले २०७५ बैशाखदेखि २०७६ भदौ मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई सहभागी हुन अनुरोध गरेको छ । अवार्डको भीडमा फरक पहिचानसहित प्रस्तुत हुने उद्देश्यका साथ विविध ३८ विधामा अवार्ड आयोजना गरिएको छ । यस अवार्डमा विविध भाषाभाषीको गीतलाई पनि समावेश गरिने बताइएको छ । यस अवार्डमा राष्ट्रिय भावका गीतहरुको गायन, शब्द र संगीत पक्षलाई पनि समावेश गरिएको छ भने पप, लोक, आधुनिक लगायतका विधाहरुलाई पनि समावेश गरिएको छ । अवार्डमा निर्णायकको निर्णयलाई नै प्रमुखतामा राख्ने आयोजक पक्षले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु