‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो गीत ‘तिमीसँग एक छिन’

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

काठमाडौं । गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो ‘तिमीसँग एक छिन’सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी म्युजिक नेपालसँगको सहकार्यमा उनले गीत ल्याएकी हुन् । गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

‘तिमीसँग एक छिन’को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथमा सप्रबराज जोशी र कृषा लोहनी अभिनय रहेको छ । गायक राजीव लोहनीले निर्देशन गरेको भिडियोमा भवानी शिल्पकारको क्यामेरा र बिनय दाहालको सम्पादन रहेको भिडियोको सिनेमाटोग्राफर डी ओ पी रवि सायमी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु