ट्रेण्डिङमा खुड्किलो चढ्दै ‘ओढेर घुंघट’ ! भिवर्सको उच्च तारिफ !

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

नेपाल आइडल दोश्रो सिजनका टप ८ बन्न सफल गायक कृशल कँडेलको आवाजमा रहेको नयाँ गीत ‘ओढेर घुंघट’ को भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा उनले आवाज दिएका छन् । भिडियोमा पनि उनी नै देखिएका छन् । भिडियोमा नेपाली चलचित्र ‘नाई नभन्नू ल ५’ बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्मा र कृशलको जोडी देखिएको छ । अभिनय र सुन्दरता दुवैलाई दर्शकहरुले उत्तिकै रुचाएका छन् ।
डिभाइन म्यूजिकको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत यतिबेला ट्रेण्डिङ अन्तर्गत १२ औं स्थानमा पर्न सफल भएको छ ।

केहि दिन अघि ४७ औं स्थानमा परेको ‘ओढेर घुंघट’ गीत क्रमश उकालो लाग्दै छ । २२,  १४ क्रमश हुँदै १२ औं स्थान सुरक्षित गरेको हो । यस हिसाबले गीतले सर्वोच्चता कायम गर्ने छनक देखिएको छ ।

दिपक आचार्यको निर्देशन रहेको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन् ।

यो समाचार तयार पार्दा गीतको भिवर्स ७ लाख ९८ हजार बढीले पुगेको छ । गीतको भिवर्स मात्र बढी हैन, गीत हेर्ने सुन्नेले प्रतिक्रिया पनि सकारात्मक दिएका छन् । कृशल र सेड्रिना देखी संगीतकार अर्जुन पोखरेल र गीतकार नृपेश उप्रेती, निर्देशक दिपक आचार्य लगायत सम्पूर्ण टिमको  तारिफ गरिएको छ ।

धेरैले भनेका छन् –स्वर पनि राम्रो । भिडियो पनि राम्रो । जोडि पनि राम्रो । समग्रमा गीत उत्कृष्ट छ । ’

नृपेशको गीतमा हिमाल सागर र साराको रोमान्स !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु