
काठमाडौं । कला पत्रकारिता तथा गीतकारका रूपमा योगदान पु¥याउन्दै आएको भन्दै म्यूजिक खबरकर्मी कृष्णा आचार्य रोशनीलाई सम्मान गरिएको छ । काभ्रे बनेपामा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डको अवसरमा मौलिक सिर्जना गरेवापतको सम्मान प्रदान गरिएको हो । पूवं राष्ट्रपति डा.रामबरण यादवको हातबाट उनलाई सम्मान प्रदान गरिएको हो । रोशनीले कला पत्रकारिता तथा गीत रचनामा क्रियाशील भएवापत् सम्मान गरिएको आयोजकले जनाएको छ ।
‘नाट्यश्वर हामी सबै कलाकारको सान, कला र कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मान गर्दै आएको छ ।
विगत एक दशकदेखि नेपाली लोकसंगीत क्षेत्र र कला पत्रकारितामा सक्रिय रहेकी रोशनीका थुप्रै गीत बजारमा आइसकेका छ्न् । सालैजो, झ्याउरे, लोकदोहोरी, पञ्चेबाजा लगायतका गीतबाट उनले आफ्नो परिचय बनाउन सफल भएकी छन् । त्यस्तै, उनले रचना गरेका सोल्टिनी नानी, पूर्णेकी जुन जस्ती, यो मनको कुरा, सोल्टिनी नानी २, मायाले होलाकी, तेलको पैँचो, गुनासो, आँसुको मूल्य लगायतका गीतले निकै चर्चा कमाएका छ्न् ।
सानैदेखि गीत संगीत, साहित्य र कलाकारितामा रुचि राख्ने रोशनीका गजल संग्रह च्यातिएको मन (२०६६) र उपन्यास संघर्ष (२०६८) प्रकाशित छ्न् । गीतकार एवं पत्रकार रोशनीलाई म्युजिक खबरको तर्फबाट हार्दिक बधाई एवं शुभकामना ।
https://www.youtube.com/watch?v=7Tw3zVdsrdk&t=2118s