गायक कृष्ण बलामीको ‘के यो माया हो’

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

काठमाण्डौ । गायक कृष्ण बलामीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द, लय र अनुप राईको संगीत संयोजन रहेको उनको ‘के यो माया हो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा नयाँ कलाकार समिर जंग केसी र रुस्बी प्रसाईको मुख्य भूमिका रहेको छ ।

समिर र रुस्बी दुवैको यो पहिलो म्यूजिक भिडियो हो । समिर दशरथ रंगशालामा जिम्न्यास्टिक तथा मिक्स्ड मार्शल आर्टको प्रशिक्षणमा संलग्न छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु