“मेरो मुटु” भन्दै आए कृष्ण काफ्ले (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायक कृष्ण काफ्लेको सुमधुर आवाजमा रहेको “मेरो मुटु” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । उक्त गीतमा बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको छ भने सोही गीतमा दिपक शर्माको संगीत रहेको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । “मेरो मुटु” बोलको गीतको भिडियोलाई अर्जुन अधिकारिले निर्देशन गरेका हुन भने उक्त गीतको भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ । सोही गीतको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु