कृष्ण काफ्लेको स्वरमा रहेको रोमान्टिक गीत ‘मेरो मुटु’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायक कृष्ण काफ्लेको स्वरमा रहेको रोमान्टिक गीत ‘मेरो मुटु’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमाअम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको उक्त गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । गीतको सार्वजनिक भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने बिकास दाहालले सम्पादन गरेका हुन् । पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको उक्त गीतका भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल निर्देशक अधिकारीले पछिल्लो समय फिल्मी शैलीमा भिडियोहरु निर्देशन गर्दै आएका छन् ।

गीत सुन्दै गर्दा गीतको धुनले जती मनमा शान्ती प्रदान गर्छ, त्यसको भिडियो हेर्दा आँखालाई शितलता प्राप्त हुनु पर्छ । त्यसैले पछिल्लो समय भिडियोको प्रस्तुतीकरणलाई विशेष ध्यान दिने गरेको छु निर्देशक अधिकारीले भने । पर्ख पर्ख मायालु गीत जस्तै रोमान्टिक शैलीको मेरो मुटुगीतलाई पनि दर्शकहरुले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छु भन्दै गायक काफ्लेले यो गीतबाट आफुले निकै आशा गरेको बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु