• हेमन्तको ‘सारंगी सँग’मा गायिका कृष्णा परियारको स्वर

    म्यूजिक खबर
    प्रकाशित: १८ बैशाख २०७८, शनिबार
    Krishna Pariyar

    काठमाडौं । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगी सँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।
    सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् ।

    यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् । मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु