सात वर्षपछि आयो कृष्ण समीपको नयाँ गीत ‘चल न माया चल’

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७६, शुक्रबार
Krishna Samip Subedi

काठमाडौं। गायक कृष्ण समीप सुवेदीले सात वर्षपछि आफ्नै प्रस्तुतिमा गीत सार्वजनिक गरेका छन् । ‘चल न माया चल’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरु ल्याइसकेका छन् । यसपटक लामो समयपछि पुनः संगीतमा फर्किँदा फरक गीत लिएर आएको गायक सुवेदीले बताए ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस.डि.एस. ‘लास्ट किङ’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु