• ‘बरको डाली’ भन्दै दुई प्रेमीकासँग कृष्णको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: २६ माघ २०७९, बिहीबार
    Krishna Juna

    काठमाडौंँ । पछिल्लो समय साँगीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ आएको छ ।
    रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् ।
    थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय छ ।
    पोखराको बिभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ ।
    शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायाँकन, पदम सुवेदीको सम्पादन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु