• ‘आयो दशैं’ भन्दै कृष्ण, पुजा, मनोहर र भोला

    म्यूजिक खवर
    प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

    काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ ।

    सार्वजनिक उक्त गीत ‘आयो दशैं’ मा कृष्ण थापा र पुजा तामाङले स्वर दिएका छन् । मनोहर सुनामले संगीत भरेको छन् भने भोला पौडेलको शब्द रहेको छ । रेकर्डिङ तथा मिक्सिङ पनि भोलाकै रहेको छ । म्यूजिक खबर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा दशैंले ल्याउने रौनक र खुशीको वर्णन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु