कृष्टिना र स्टेलालाई ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवलको’ उपाधि

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

काठमाडौं । बालबालिका सम्बन्धि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ । गत २६ जुन देखि १ जुलाईसम्म सिँगापुरमा आयोजना भएको ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधी जितेका छन् । सो फेस्टिबलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’ शिर्ष उपाधि जितिन् । ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली स्टेला शाहले शिर्ष उपाधि जितिन् । दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मँगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु